प्रभु बैंक चन्द्रगढी र उर्लाबारीमा


इकोनोमिक खबर, काठमाडौं । प्रभु बैंक लिमिटेडले झापाको चन्द्रगढी र मोरङको उर्लाबारीमा एकैसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले झापाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा एकैसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

झापास्थित चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र मोरङको उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।