काठमाडौं। फाल्गुण २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा आज मिति २०८२ माघ २१ गते बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत अनुगमन भ्रमण गर्नु भयो।
जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिनुभयो ।
सो अवसरमा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र कास्की जिल्लाका ५६ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराउनु भयो । अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिनु भयो । सो क्रममा मुख्य निर्वाचन अधिकृत एवम् १ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत हिमलाल वेल्वासे, २ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत निर्मला खड्का र १ नं निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत सीता रेग्मी र प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई विस्तृत रुपमा जानकारी गराउनु भयो।
निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पश्चात अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि वढेको र स्थानीयस्तरमा राजनैतिक दलहरुले आन्तरिक विवाद मिलाउन सिर्जना गरेको ध्जबतकब्उउ न्चयगउ को प्रशंसा गर्नु भयो ।
यसैगरी पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र जिल्लाका ३५ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराउनु भयो । अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिनुभयो । सो क्रममा मुख्य निर्वाचन अधिकृत बासुदेव पौडेल र जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई जानकारी गराउनु भयो ।
म्याग्दी जिल्लाको स्थलगत अनुगमन गर्ने क्रममा उक्त जिल्लाका प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र जिल्लाका १५ वटा मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रुपमा राखिएको जानकारी अर्थमन्त्रीलाई गराउनु भयो।
अर्थमन्त्रीबाट अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिनु भयो । सो क्रममा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा अर्थमन्त्रीलाई जानकारी गराउनु भयो ।
तीनवटै जिल्लाको निर्वाचन तयारी र आचारसंहिता पालनाको स्थलगत अनुगमन पश्चात अर्थमन्त्रीले निर्वाचनको तयारीका कामहरु सन्तोषजनक रुपमा अगाडि वढेको, स्थानीयस्तरमा राजनीतिक दल बीच स्वच्छ र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण भैरहेको आफुले अनुभूत गरेको जानकारी गराउनु भयो । निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध रहेको र अन्य सरोकारवाला सबै पक्षको सहयोग आवश्यक रहेको समेत बताउनु भयो ।