काठमाडौं। नेपाल व्यापार संघको ३४ औँ साधारण सभा यही माघ २४ गते राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा आयोजना हुने तय भएकोमा निर्वाचन आचारसंहिता लागू भएको कारण उक्त कार्यक्रम स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ।
उक्त साधारण सभा अब २०८२ साल चैत ७ गते शनिबार, सोही स्थान र समयमा आयोजना हुने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले जानकारी दिएका हुन।