ईकोनोमिक खबर, काठमाडौँ ।
करिब ९ हजार कर्मचारीका लागि केहिदिनमा नै लोकसेवा आयोगले खुल्ला विज्ञापनको सुचना गर्ने भएको छ । खुल्लातर्फ ९ हजार र आन्तरिक बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न थालिएको जानकारी गराए ।
संघिय संरचनामा सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानिय तह भएकाले पहिले स्थानिय तहमा कर्मचारी पदपूर्ति गर्न थालेको हो । स्थानिय तहको पदपूर्ति गरेपछि क्रमशः संघ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६,२६२ कर्मचारी स्थानीय तहमा अपुग छन । प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानिय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले ७५३ स्थानिय तह अन्तर्गत विज्ञापन गर्ने भएको छ । आयोगले चार तह देखि छैटौं तहसम्म खुल्ला प्रतिस्पर्धा र नवौं तहसम्म बढुवाका लागि विज्ञापन गर्नेभएको हो ।
गत चैतमा स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन भएका छन् । समायोजन भएकामध्ये निजामती कर्मचारीबाट ३१ हजार ७१०, साविक स्थानीय तहबाट १० हजार ५४०, तत्कालीन जि.वि.स.बाट एक हजार २४१ र अन्य सेवाबाट ३१६ कर्मचारी समायोजन गरिएका छन। नेपाल सरकारले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार ६७ हजार ७१९ कर्मचारीको दरबन्दी स्विकृत गरेको छ ।