काठमाडौं। सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालबीच सहमती भएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्किको उपास्थितिमा आज भएको वार्तापछि प्रसाईँको समूहले राखेका २७ बुँदे मागमा सरकारको तर्फबाट सञ्चार तथा सुचना प्रबिधिमन्त्री जगदीश खरेल र महाअभियानका अध्यक्ष प्रसाईँले हस्ताक्षर गर्नुभएको छ ।
नागरिक बचाउ महाभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहा गर्नुपर्ने, नेपाल नेपालीले नै बनाउने र नेपालको व्यापार पनि नेपालीले नै गर्न पाउनुपर्ने माग गर्दै आयको थियो ।
