काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ। आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको एकताको महाधिवेशन स्टेरिङ कमिटीमा कुरा नमिल्दा मार्च महिनाका लागि सारिएको हो।
गत नोभेम्बर ३० मा प्रधानमन्त्री सुशील कार्कीको उपस्थितिमा महेश कुमार श्रेष्ठ र डा. बद्री केसी नेतृत्वका दुई समूहबीच ऐतिहासिक एकता भएको थियो।
अब एकताको महाधिवेशन आगामी मार्च १३ देखि १५ सम्म काठमाडौँको होटल सोल्टीमा आयोजना हुनेछ।
सोही सहमति अनुसार गठित स्टेरिङ कमिटीले एकताको महाधिवेशन गर्ने निर्णय गरे पनि निर्वाचनको मोडालिटीका विषयमा कुरा नमिल्दा नयाँ मिति तय गर्नु परेको स्टेरिङ कमिटीका एक सदस्यले बताए।
शुक्रबार बसेको स्टेरिङ कमिटीको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको स्टेरिङ कमिटीका सदस्य एवं पूर्वअध्यक्ष विनोद कुँवरले पुष्टि गरे।
कुँवरले यसबारे छलफल जारी रहेको भन्दै अहिले महाधिवेशनचाहिँ विभिन्न कारणले सारिएको बताए। पूर्वअध्यक्ष कुँवरले भने, ‘सदस्यता लिन चाहनेहरूलाई थप प्रोत्साहन गर्न र उनीहरूलाई समय उपलब्ध गराउन सदस्यता नवीकरण तथा नयाँ आवेदनको म्याद जनवरी २४ सम्म थप गरिएको छ।