काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ ।
शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको देउवापक्षीय केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो।
आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा भएको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।
“निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रूपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ,” प्रवक्ता महतले भने ।