नेको इन्स्योरेन्सद्वारा १५.७८ प्रतिशत लाभांश वितरण घोषणा


काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे।

इन्स्योरेन्सका अनुसार १२.७८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांशसहित १५.७८ प्रतिशत लाभांश वितरण गरिनेछ ।

कम्पनी सञ्चालक समितिको पुस ३० गते बसेको बैठकले साे लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएर आएपछि कम्पनीकाे आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने भएकाे छ।