डिजिटली सहज यात्रा अनुभव: eBookingNepal.com को साथ


काठमाडौं। नेपाल केन्द्रित भई ebookingnepal.com को आज देखि औपचारिक सुरुआत भयो।

डिजिटल यात्रा तथा सेवा बुकिङ प्रणालीलाई अझैं बढी उपभोक्तामैत्री बनाउने उद्देश्यका साथ संचालनमा ल्याइएको ebookingnepal.com नेपाली हस्पिटालिटी क्षेत्रमा एउटा अर्थपूर्ण मानक सिद्ध हुनेमा कम्पनीकाे विश्वास छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसहित पर्यटन/प्रविधि/अर्थ लगायत विविध क्षेत्रका सरोकारवाला विशिष्ट व्यक्तित्व तथा पत्रकार ज्यूहरूबाट ebookingnepal.comको यो लोकार्पण कार्यक्रममा दर्साइएको महत्व हाम्रा लागि प्रेरणादायी छ ।

ebookingnepal.comमार्फत प्रदान गरिने सेवाहरू, यसको उद्देश्य तथा भविष्यका योजनाबारे विस्तृत जानकारीका साथ ebookingnepal.com ले होटल, ट्राभल, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवाहरूलाई एउटै प्लेटफर्ममार्फत सहज, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य बोकेको छ । जुन प्लेटफर्मले डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पु-याउनुका साथै राजश्व अभिबृद्धिमा समेत सघाउनेछ।


सेवा विस्तार तथा साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच बढाउने योजना पनि ebookingnepal.comको रहेको छ ।
ebookingnepal.com लाई नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको अग्रणी डिजिटल प्रवेशद्वार बनाउँदै यात्रुहरूलाई प्रामाणिक अनुभवहरूसँग जोड्ने तथा दिगो र समावेशी आर्थिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्य पनि लिएका छ । यसमार्फत नेपालको यात्रा तथा पर्यटन क्षेत्र सरलतापूर्वक विश्व बजारसँग जोडिने छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा निरन्तर भइरहेको विकास र विस्तारले मानिसहरूको दिनचर्या छरितो, सहज र व्यवस्थित पार्नुका साथै रोमाञ्चक समेत बनाउँदै आएको छ। हस्पिटालिटी र यात्रा क्षेत्रमा पनि प्रविधिको प्रयोग बरदान नै साबित भएको छ।

नेपालको फस्टाउँदो हस्पिटालिटी क्षेत्रमा यतिबेला उच्चतम सूचना प्रविधिको अधिकतम उपयोग अपरिहार्य झैं भइसकेको छ । जसलाई मध्यनजर गरी नेपालमा डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउने प्रयत्नहरू भइरहेका छन् ।

ebookingnepal.com स्थानीय पर्यटन व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उपकरणहरू पनि उपलब्ध गराउँदछ।
अहिलेको अत्याधुनिक प्रविधि ब्क्ष् को कुसल प्रयोग तथा नेपाली र अंग्रेजी दुबै भाषामा अपरेट गर्न सकिने ebookingnepal.com ले यात्रुहरूलाई खोजदेखि बुकिङसम्म सहज, पारदर्शी र सांस्कृतिक रूपमा समृद्ध अनुभव प्रदान गर्नेछ ।

साथै यसबाट होटल व्यवसायी, ट्राभल एजेण्ट, सेवा प्रदायक तथा अन्तिम प्रयोगकर्ता सबैलाई सहजता र लाभ पुग्ने भरोसायोग्य इकोसिस्टम निर्माण हुनेमा विश्वस्त ब्यक्त गरेका छन।

साथै,यस एप्लिकेसन एन्ड्योएड तथा म्याक दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ । प्रयोगकर्ताहरूले ब्उउभि ब्उउ क्तयचभ तथा न्ययनभि एबिथ क्तयचभ मार्फत एप डाउनलोड गरी सहज रूपमा सेवा लिन सक्नुहुनेछ।

यात्रा सम्बन्धि सबै खाले सुविधाहरु प्रयोगकर्ताले एउटै एकीकृत प्लेटफर्म मार्फत लिन सकिने व्यवस्था गरिएकाले, प्रयोगकर्ताहरूको समय, श्रम र लागत आदिको बचत गर्दै सेवाको प्रभावकारिता तथा उपयोगिता महत्वपूर्ण रूपमा अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।