सानिमा रिलायन्स लाईफको जेठ १ देखि पुनर्जागरण अभियान शुरु


काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान जेठ १ गते देखी शुरु गरेको छ।

उक्त पुनर्जागरण अभियान जेठ १ गते देखी २५ गते सम्म लागू हुनेछ। पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधि भित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ। 

कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्नपर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवनबिमा अनिवार्य रहेको छ।