काठमाडौं। स्काईवाक टावरको टिकटमा सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न छुटको व्यवस्था गरेको छ।
उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन्।
उक्त समझदारीपत्रमा वन्डर्स नेपाल प्रा.लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठ तथा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग बिक्रम श्रेष्ठ बिचमा संयुक्त हस्ताक्षर कार्यक्रम भयो।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदानगरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा पनि उपलब्ध रहेको बैंकले जनाएको छ।
सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय तेत्तिस वटा कार्यालयहरु तथा एक सय चौविस वटा एटिएमहरु संचालनमा रहेको बैंकले जनाएको छ।