काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य हालसम्मकै उच्च रेकर्ड
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भई ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको यो मूल्य हालसम्मकै उच्च रेकर्ड हो।