सुन–चाँदीको मूल्यमा वृद्धि, चाँदीले बनायो हालसम्मकै उच्च रेकर्ड


काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य हालसम्मकै उच्च रेकर्ड

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भई ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदीको यो मूल्य हालसम्मकै उच्च रेकर्ड हो।