सानिमा सुपर सेभिङ्ग खातामा खातावालाका ब्यक्तिले पाए दश लाखको दुर्घटना बीमा वापतको रकम 


काठमाडौं। सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत दश लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो। 

सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फ बाट हेटौंडा शाखाका शाखाप्रबन्धक मुना पौडेलले संयुक्त रुपमा बीमा रकम हस्तान्तरण गर्नुभयो।

दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले सानिमा बैंकको हेटांैडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोल्नुभएको थियो। 

सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत दश लाखको दुर्घटना बीमा, दश हजार रुपैंयासम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको पचास हजारसम्मको औषधी उपचार बीमा र पाँच हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दैआइरहेको छ।

सानिमा बंैकको देशका सातै प्रदेशमा एकसय तेत्तिस ओटा कार्यालय तथा एकसय चौविस ओटा ए.टि.एम. संचालनमा रहेका छन्।