सात वटा सवारीसाधन आपसमा ठोक्किँ दुइ जनाको मृत्यु, ३३ जना घाइते


धादिङ। धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा घाइते भएका मध्ये दुइ जनाको मृत्यु भएको छभने  अन्य ३३ जना घाइते भएका छन्।

सात वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन्।

दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले थाहाखबरलाई जानकारी दिए।

काठमाडौँबाट गजुरी जाँदै गरेको

*बा प-००१ क ००११ नम्बरको स्कुल बस,

* एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा),

* ना ४ ख ७१५ नम्बरको ट्रक,

* लु ९५ प ३०७ नम्बरको मोटरसाइकल,

* जिजे ०३ ए के ३२३१ नम्बरको बस र

* काठमाडौँ जाँदै गरेको ग १ ख८५५१ नम्बरको बस,

* बा १ प ९१७ नम्बरको पर्यटक बस दूर्घटनामा परेको थिए।

घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन्।

चितवनको स्कुल बसमा सवार पच्चीस जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।