काठमाडौँ– टोखा नगरपालिकाले आफ्नो १२औं स्थापना दिवस विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ।
मंसिर १६ गते बिहान १० बजे सचेतना र प्रभातफेरीबाट सुरु भएको कार्यक्रममा रक्तदान, जेष्ठ नागरिक सम्मान, करदाता सम्मान, वक्तृत्वकला, धिमेबाजा तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मानजस्ता कार्यक्रम आयोजना भएको थियो ।
रक्तदान कार्यक्रममा ३९ जनाले रगत दिएका थिए।
स्थापना दिवसको अवसरमा नगरपालिकाले गम्भीर तथा दीर्घरोगी नागरिकलाई ३५ हजार र किरिया पुत्री खर्चबापत १० हजारसहित विभिन्न सहयोग रकम पनि वितरण गरिएको छ।
विजयी विद्यार्थीहरूलाई आगामी मंसिर १६ गते नगर स्थापना दिवसको अवसरमा सम्मान सहित नगद पुरस्कार वितरण गरिएको छ । पुरस्कार अन्तर्गत प्रथम हुनेलाई रु १५ हजार, दोस्रोलाई रु ११ हजार, तेस्रोलाई रु ८ हजार र सान्त्वना पुरस्कार रु ५ हजार कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारी र विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नपाका शाखा प्रमुखहरु विभिन्न क्षेत्रमा रहेको ब्यक्तिहरु र शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
१२ वर्षको यात्रालाई स्मरण गर्दै नगरपालिकाले सेवाभाव र विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
