ईकोनोमिक खबर, काठमाडौं।
ज्योति लाइफ इन्स्योरेन्सले क्यान्सर लगायत ३५ वटा घातक रोग विरुद्ध ५० लाख रुपैयाँ सम्मको आर्थिक सुरक्षा योजना शुक्रबार सार्वजनिक गरेको हो । यस अघि ११ वटा घातक रोग विरुद्ध १० लाख सम्मको आर्थिक सुरक्षा सहितको सुबिधा दिदै आएको थियो। कम्पनीका व्यवसायिक सद्भावना दु्रत तथा कलाकार राजेश हमाल र कम्पनीका संचालक समिति अध्यक्ष नन्द किशोरले संयुक्त रुपमा उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन् ।
यो योजना इन्स्योरेन्सले हाल प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरुसंग ऐच्छिक सुविधाको रुपमा लिन सकिने यसकम्पनिले जनाएको छ । न्युनतम १८ वर्ष देखि ५५ वर्ष सम्मका व्यतिmहरुलाई यस योजनाले समेटिनेछ भने अधिकतम बीमा अवधि २० वर्ष तोकिएको छ ।
यस्ता घातक रोग विरुद्ध लढ्न ‘इच्छा शक्ति, आर्थिक तयारी र उत्कृष्ट उपचार’ जस्ता ३ अस्त्रको आवश्यकता हुने इन्स्योरेन्सका कार्यकारी उपप्रमुख प्रकाश बिक्रम खत्रीले बताए । खत्रीका अनुसार यो योजनाले कुनैपनि नेपालीको घातक रोगको कारण समयमा उपचार हुनै नपाई अकालमा हुने मृत्युबाट बचाउने र उपचार खर्चको बोझको कारण घरबार समाप्त भई भविष्यका सन्ततिहरुलाई समेत समस्या नपरोस भनेर कम्पनीले पूर्ण आर्थिक सुरक्षा सहितको योजना ल्याएको जानकारी गराए ।
कम्पनीले नेपालमै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने दाबी गरेको छ । यस योजना अन्तर्गत बीमालेख खरिद गर्ने कुनैपनि बीमितले आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च वापत घरबार समाप्त हुने जोखिमको अन्त्य हुने विश्वास कम्पनीले लिएको छ ।
कार्यक्रममा संचालक समितिका अध्यक्ष नन्द किशोर शर्माले कम्पनीले शुरुवात देखि नै सबै नेपालीहरुलाई जीवन बीमा मार्फत आर्थिक सुरक्षा तथा सुनिश्चित भविष्यको लागि विभिन्न नयाँ योजनाहरु जारी गर्दै आएको बताए । संचालनको छोटो अवधिमा उलेख्य उपलब्धी हासिल गर्न सकेको बताउदैं आगामी दिनमा अझ आकर्षक तथा प्रतिफलमूलक बीमा योजनाहरु जारी गर्ने प्रतिबद्धता व्यक्त गरे ।