काठमाडौँ- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले शेरचनलाई कर्जा अपचलन प्रकरणमा आइतबार पक्राउ गरेको हो।
गएराति बसेको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई बैंकको कार्यकारी नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका सीईओ अशोक शेरचन र डेपुटी सीईओ मणिराम पोख्रेललाई प्रहरीले पक्राउ गरेपछि बैंकले नयाँ नेतृत्व चयन गरेको हो । प्रहरीको अनुसन्धान प्रक्रियाले बैंकको नियमित सेवा प्रवाहमा कुनै असर नपर्ने भन्दै बैंकले ग्राहकहरूलाई निर्धक्क सेवा लिन आग्रह गरेको छ । प्रभु बैंकले आफ्नो सेवा संरचना, वित्तीय स्थिति तथा ग्राहकप्रतिको प्रतिबद्धता अविच्छिन्न रहेको भन्दै आवश्यक कामकाज निर्धारित नीतिअनुसार नै अघि बढाइने पुनः स्पष्ट पारेको छ ।
हिजो प्रभु बैंकका सिइओ अशोक शेरचन, डीसीओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ अनामनगरको बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्जा अपचलन सम्बन्धी मुद्दा चलाइरहेकै समयमा बैंकका उच्च अधिकारीहरू पक्राउ परेका हुन् ।
सिआइबीले गत कात्तिक २२ गते बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर कर्जा अपचलन सम्बन्धी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।
प्रभु बैँककी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ ठगीबारे दिएको जाहेरीका आधारमा सिआइबीले गत कात्तिक ११ गते भट्टचनलाई पक्राउ गरेको थियो।
सिआइबीले प्रभु म्यानेजमेन्ट प्रालिलाई दिएको करिब १ अर्ब रुपैयाँको कर्जाका विषयमा अनुसन्धान गर्दा भट्टचन र शेरचन पक्राउ परेका हुन्।
