सरल नेपालको आयोजनामा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ हुँदै


‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान भन्ने उद्देश्यले राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ नवलपुरमा संचालन हुने भएको छ ।

नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको र यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ घोषणा गरिएको छ, जसले देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ।

कार्यक्रम संयोजक समिर लामिछानेका अनुसार यो कार्यक्रम एकै चरणमा सम्पन्न हुनेछ र पूर्णरूपमा अनलाइन मोडमै सञ्चालन हुनेछ ।

यो कार्यक्रम विशेष रूपमा युवाहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । सहभागीहरूले एकै पटक आफ्नो प्रस्तुतीकरण अनलाइन मार्फत गर्नेछन् । यहीँ एक प्रस्तुतीकरणका आधारमा परिणामतय गरिनेछ ।

उक्त कार्यक्रममा विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकद्वारा मूल्यांकन हुनेछ ।

उक्त कार्यक्रममा देशका जुनसुकै स्थानबाट सहभागिता हुनेछन्, भने समय र लागत दुवैको बचत, समान अवसर, डिजिटल प्रविधिको उपयोग, सहज प्रतिष्पर्धा वातावरणजस्ता फाइदाहरू प्रदान गर्नेछ।

‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ मा सहभागी इच्छुक युवाहरूले अनलाइन फारम, सामाजिक सञ्जाल लिंक तथा माध्यममार्फत साथै फोन (९७४५२९०२८३) मार्फत् दर्ता गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा सहभागिताको लागि १५ देखि ४० वर्षसम्मका नेपाली युवा हुनुपर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्नेछ ।

उक्त कार्यक्रमले देशभरिका युवाहरूलाई एउटै डिजिटल मञ्चमा ल्याउँदै एक चरणमै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।

उक्त कार्यक्रममा डिजिटल पार्टनरको रुपमा स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनरको रूपमा जन अपडेट र सहकार्य साझेदारको रूपमा लियो क्लब अफ चितवन ग्रिन रहेका छन् ।

यस्तै, कार्यक्रम व्यवस्थापन साझेदारको रूपमा मोक्षालय बहुउद्देशीय, सहयोगी संस्थाहरुको रूपमा युवा पहल: लुम्बिनी प्रदेश, सामुदायिक विकास फाउण्डेशन नेपाल, युवा अभियान नेपाल र मेडिकल पार्टनरको रूपमा जीवन सिटी अस्पताल प्रा.लि. (कावासोती, नवलपुर) र अन्तर्राष्ट्रिय शिक्षा साझेदारको रूपमा लेड्रा कलेज रहेका छन् ।