आजको खेलमा जित संगै सुदूरपश्चिम रोयल्स एनपीएलको प्ले अफ नजिक


काठमाडौं। आजको खेलमा जित संगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग- एनपीएलको प्ले अफ नजिक पुगेको छ।

आजको पहिलो खेलमा लुम्बिनीले प्रस्तुत गरेको एक सय चाैवालिस रनको लक्ष्य अठार ओभर दुई बलमा तीन विकेट मात्रै गुमाएर पुरा गरेपछि चौथो जित हाासिल गरेको हो। सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले ६९ रनको उत्कृष्ट इनिङ खेलेका थिए।

कप्तान दीपेन्द्रसिंह ऐरीले पहिले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले इनिङ्समा दुई बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर एक सय त्रिचालीस रन बनाएको थियो। पहिलो ओभरमा डिआरकी सर्टले तीन बाउन्ड्रीसहित १२ रन बनाएर लुम्बिनीलाई राम्रो सुरुआत दिलाए पनि उनलाई हेमन्त धामीले २ ओभर पाँच बलमा बोल्ड गरे। ११ बलमा १८ रन बनाएर सर्ट आउट भए ।

पावर प्लेको समाप्तिमा लुम्बिनीले एक विकेट क्षतिमा ५० रन बनाए पनि त्यो मोमेन्टम कायम राख्न सकेन। सुमित महर्जन ६ ओभर तीन बलमा १८ रनमा आउट भए। उनले रोहितसँग २६ रनको साझेदारी गरे । दिलिप नाथसँग ५२ रनको साझेदारी गरेपछि कप्तान रोहित पौडेल आउट भए । ३५ रन बनाएका रोहितलाई हेमन्तले विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराएका थिए । दिलिप नाथले ३१ रन जोड्न सके। १७ औं ओभरमा ६ विकेट गुमाउँदै लुम्बिनीले ६ खेलाडीले सम्हालिएर खेल्न सकेनन्।

हरमित सिंह र अभिनाश बोहराले किफायती बलिङ गर्दै समान तीन-तीन विकेट लिएका थिए। अभिनाशले ४ ओभरमा २६ रन र हरमित सिंहले ३ दशमलव चार ओभरमा २२ खर्च गरेका थिए ।

जवाफमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले अविजित रहँदै खेल फिनिस गरेका हुन्। उनले पाँच चौका र चार छक्का प्रार गर्दै ४९ बलमा ६९ रन जोडेका हुन्। अर्का ओपनर जोस ब्राउन नौ रनमा आउट हुँदा क्रिस लिन १६ रनमा बाहिरिए। दुई विकेट गुमाउँदा सुदूरले ३९ रन बनायो। यी विकेट अभिशेष गौतम र ट्रम्पलमनले लिएका थिए। आरिफ शेखले ३७ बलमा ३९ बनाएर सहज जितमा अर्को महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

# यो जितसँगै शीर्षस्थानको रोयल्सले चार खेलबाट ८ अंक जोडेको छ।

# पराजित लुम्बिनीले चार खेलबाट एक जितमात्रै आत्मसाथ गर्न सकेको छ।

# तेस्रो हारसँगै लुम्बिनीको अर्को चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ।