भारतीय राजदूतावासको सहयोगमा खोटाङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण


भारतीय राजदूतावासको सहयोगमा नेपालको खोटाङ जिल्लाको रावा बेसी गाउँपालिका स्थित श्री शारदा माध्यमिक विद्यालयको भवन तथा  छात्रावास भवनको आज उद्घाटन भयो । 
यसकार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो।

 

‘नेपाल–भारत विकास सहकार्य’ pic-(2)-1712404342.jpeg
अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि उपयोग गरिएको थियो । यो परियोजना जिल्ला समन्वय समिति, खोटाङ मार्फत् कार्यान्वयन गरिएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ं सय ६१ करोड नेपाली रुपैंया आर्थिक सहयोगमा यस परियोजना लागू भएको थियो। 
श्री शारदा माध्यमिक विद्यालय सन् १९५२ मा स्थापना भएको हो ।  कक्षा १ देखि प्लस टु तहसम्म अध्यापन हुने यस विद्यालयमा तिन सय ६५ जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५०% छात्रा रहेका छन् । गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयले उल्लेखनीय सफलता हासिल गरेको छ । 
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५ सय ५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४ सय ८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा एउटा परियोजना खोटाङमा रहेको छ । 
यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९ सय ७४ वटा एम्बुलेन्स र २ सय ३४ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १ सय ४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ । यसमा ४ वटा एम्बुलेन्स र एउटा स्कुल बस खोटाङ जिल्लालाई उपलब्ध गराइएको छ ।
भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य निरन्तररुपमा रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।