सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट संचालनमा ल्याएको छ।
मंसिर ८ गतेका दिन बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्टको प्रारम्भ गरेका हुन् ।
सार्वजनिक गरिएको यस बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
यस बचत खाताका विशेषताहरुमा न्यूनतम सय रुपैयाँमा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ ।
साथै, युवाग्राहकको कारोवारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन तथा सि–आश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ ।
डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र रु ५०० मा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखेको छ।