गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गतको “नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समिति”को पहिलो बैठक हिजो Zoom मार्फत सम्पन्न भयो।
बैठकमा उपस्थित सबैले आफ्ना अनुभव, चिन्ता र अपेक्षाहरु खुलेर व्यक्त गरे ।
बुद्धि सुवेदीको अध्यक्षतामा भएको छलफल निकै रचनात्मक रह्यो र यसले हामी सबैलाई एउटै दिशामा सोच्न प्रेरित गर्यो।
बैठकले एकमतले निर्णय गर्यो कि अब व्यापक समुदायसंग प्रत्यक्ष संवाद आवश्यक छ। यहि सोचका साथ, हामीले एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकतालाई महसुस गर्यौँ ।
कार्यक्रम आइतबार, २३ नोभेम्बर, दिउँसो २ बजे (यूके समय) Zoom मार्फत आयोजना हुनेछ। प्रमूख अतिथिमा माननीय मन्त्री (ऊर्जा / जलस्रोत तथा सिंचाइ / भौतिक पूर्वाधार तथा यातायात / शहरी विकास मन्त्रालय) कुलमान घिसिङ र विशेष अतिथिमा वरिष्ठ अधिवक्त्ता तथा नेपाल बार एशोसिएसनका निवर्तमान अध्यक्ष श्री गोपाल कृष्ण घिमिरे रहने तय भएको छ। उनीहरुको सहभागिताले संवादलाई थप अर्थपूर्ण बनाउने विश्वास छ।
विदेशमा बस्ने नेपालीहरुको लागि नागरिकता निरन्तरता र मतदान अधिकार केवल कानूनी प्रक्रिया मात्र होइन, यो हाम्रो नेपाली पहिचान, मातृभूमिप्रति कर्तव्यबोध र भविष्यको पिढ़ीसंग जोडिएको विषय हो। यस विषयमा चासो राख्ने सबैलाई यस संवादमा सहभागी हुन हार्दिक अनुरोध छ। तपाईको उपस्थितिले यस संवादलाई अझ महत्वपूर्ण बनाउनेछ।