ईकोनोमिक खबर, काठमाण्डौ ।
सो कम्पनीका लागि नेप्सेले स्पेशल प्रि ओपनमा कारोबार हुनेगरी ओपनिङ रेञ्ज समेत तोकिदिएको छ । ७८।९० रुपैयाँदेखि २३६।७२ रुपैयाँको रेञ्ज तोकिएको छ ।
आइतबार बिहान १०ः३० देखि १०ः४५ सम्मको प्रि ओपन शेसनमा सो कम्पनीको शेयर कारोबार भएमा मात्र सो दिनको दोश्रो बजार कारोबार अवधिमा कारोबार हुनेछ ।
नेप्सेका अनुसार गणपतिको संस्थापकतर्फ ७ लाख र सर्वसाधारणतर्फको ३ लाख ३५ हजार गरी कुल १० लाख ३५ हजार कित्ता शेयर कारोबारका लागि सूचिकृत भएको हो ।
गणपति माइक्रोफाइनान्सले सर्वसाधारणका लागि बैशाख ९ देखि १२ गतेसम्म ३ लाख ३५ हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको थियो । आइपीओमा ३ लाख २२ हजार ६०९ जनाले आवेदन दिएका थिए । ७०० आवेदन रद्ध भएको थियो । कम्पनीमा ६५ लाख ५५ हजार ११० कित्ता खरीदका लागि आवेदन परेको थियो ।
यो कम्पनीले निष्काशन गरेको ३ लाख ३५ हजार कित्ता आइपीओमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरुलाई सुरक्षित गरी सर्वसाधारणका लागि ३ लाख १३ हजार ८० कित्ता शेयर बाँकी रहेको थियो ।