गोरखा सांस्कृतिक समाजको पाँचौं अधिवेशन सम्पन्न, उपाध्यक्षमा रायन बस्याल सर्वसम्मत निर्वाचित


गोरखा सांस्कृतिक समाजको पाँचौं अधिवेशन हिजो सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै चर्चित कलाकार तथा सुमधुर स्वरका धनी रायन बस्याललाई उपाध्यक्ष पदमा सर्वसम्मतरूपमा निर्वाचित गरेको छ।

रायन बस्याल हाल नेपाली संगीत क्षेत्रमा सक्रिय, लोकप्रिय र चर्चित नामहरू मध्ये एक हुन्। हालै सार्वजनिक भएका उनका गीतहरू “घाम पानिको छाता”, “गोरखाको भच्चेक”, र “फुलपातिको साथीभन्दा माथिको” श्रोतामाझ निकै लोकप्रिय भएका छन्।

उहाँको सांगीतिक योगदानले गोरखा र गोरखाली पहिचानलाई उजागर गर्दै आएको छ। उपाध्यक्षमा निर्वाचित भएपछि बस्यालले गोरखाली संस्कृति, कला र संगीतको संरक्षण तथा प्रवर्द्धनका लागि समाजमार्फत अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

#गोरखा सांस्कृतिक समाजको दशौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन बाट निर्वाचित नयाँ कार्यसमिति बनेको छ । सबैलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना सहित कार्यक्रम सम्पन्न भयाे।

नयाँ कार्यसमिति यसप्रकार छ।

  • अध्यक्षः चिजा तामाङ,
  • वरिष्ठ उपाध्यक्षः हरिराम परियार,
  • प्रथम उपाध्यक्षः मिरा गोर्खाली,
  • द्वितीय उपाध्यक्षः सुमन परियार,
  • महिला उपाध्यक्षः बेलीमाया पुलामी,
  • उपाध्यक्षः दिप गुरुङ,
  • उपाध्यक्षः रायन बस्याल,
  • महासचिवः टेक बहादुर गुरुङ,
  • उपमहासचिवः सचिन भट्टराई,
  • सचिवः सबिता पोखरेल,
  • महिला सचिवः रेश्मा तामाङ,
  • कोषाध्यक्षः मधु रसाइली,
  • सहकोषाध्यक्षः सरिता भारती
    सदस्यहरुः
    रेजिना परियार
    देवी आले
    भीमा गुरुङ
    खेम तिवारी
    बसन्त श्रेष्ठ
    कला गुरुङ
    चिज कुमार गुरुङ
    सुस्मिता गुरुङ
    गोविन्द भट्ट
    कृष्ण लामिछाने