सानिमा रिलायन्स लाईफको प्रथम वार्षिकोत्सव


साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर  आजको दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव मनाएको छ ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको उच्च पदाधिकारीहरू लगायतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । 

उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर – भद्रकाली – जमल हुदै पुन: कमलादीमा पुगेर  टुंगिएको थियो । 

साथै मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेडक्रस सोसाईटिसंगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।  उक्त कार्यक्रममा ५५ जना भन्दा बढी सहभागीहरुले रक्तदान गर्नु भएको थियो । 

साथै काठमाडौँ  शान्तिनगर स्थित असहाय वृद्धबृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको नि: सहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरू मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरि मनाईएको कम्पनीले जनाएको छ ।

बीमा कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक  सेवा प्रवाह गर्नका  लागि बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४. १८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष रू १२. ६९ अर्ब रहेको छ । देशभरि १७५ साखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू  सकारात्मक रहेका छन् ।