रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा


काठमाडौं। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३, ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक मूल्य सहितको यस रियलमी नार्जाे एन ५३ को जम्मा मुल्य सत्र हजार नौ सय उनानसय रहेको कम्पनीले जनाएको छ।
५० मेगापिक्सलको (एआई) पछाडिको मुख्य क्यामेरा रहेको नार्जाे एन ५३ मा सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ । ५००० एमएएचको ब्याट्री रहेको यस स्र्माटफोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकोले ३१ मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ। 
७.४९ एमएम मोटाइ भएको नार्जाे एन ५३ लाई कम्पनीले सबैभन्दा पातलो फोन मध्यको एक रहेको दाबी गरेको छ भने यस स्र्माटफोनको लम्बाई १६७.३ एमएम, चौडाई ७६.७ एमएम र तौल १८२ ग्राम रहेको छ । फिङ्गर सेन्सर पावर बटनमा रहेको यस फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्टसमेत रहेको छ।
युनिसक टाइगर टी ६१२ चीपसेट रहेको यस नार्जाे एन ५३ मा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ । त्यसैगरी चिपसेटमा १२ एनएमप्रोसेस नोड र १.८ गिजाहर्ज पावर सहित ग्राफिक्सका लागि मालीजी–५७ जीपीयू रहेको छ।