काठमाडौं। अब अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गर्ने घटनामा नागरिकहरूले सिधै अर्थमन्त्री समक्ष गुनासो गर्न सक्ने भएका छन्।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार नियामक निकाय, विभाग, कार्यालय तथा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित सेवा प्रवाहमा कर्मचारीहरूले गर्नुपर्ने काम नगरेको, अनुचित दबाब दिएको वा घुस–रिसवत मागेको अवस्थामा तत्काल गुनासो गर्न सकिने व्यवस्था गरिएको हो।
