अन्तरिम सरकारका चार नयाँ मन्त्रीहरूले शपथ लिए


काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार चार मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेएका छन्।

राष्ट्रपति भवनमा आज सम्पन्न पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा (पत्रकार) जगदीश खरेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा (राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष) महावीर पुन, उद्योग, वाणिज्य तथा आपूर्ति/ कानून, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा (सर्वोच्च अदालतका पूर्व न्यायाधीस) अनिल सिन्हा, र कृषि तथा पशुपन्छी विकासमन्त्रीमा (समता फाउन्डेसनका अध्यक्ष) मदन परियारले शपथ लिएका हुन्।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले समावेश गरेका मन्त्रीहरू विभिन्न पृष्ठभूमिबाट आएका छन्।

खरेल सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय छन् भने पुन आविष्कार र प्रविधि क्षेत्रमा स्थापित नाम मानिन्छ। सिन्हाले न्याय क्षेत्रमा योगदान दिएका थिए भने परियार सामाजिक न्याय र समानताका पक्षमा सक्रिय अभियन्ता हुन्।