Gen Zआन्दोलनले हिंसात्मक रुप लिंदा १९ जना भन्दा बढिको ज्यान गएको घटना प्रति राष्ट्रिय कृषक समूह महासंघ नेपालको भत्सर्ना


Gen Z पुस्ताको आहवानमा भएको आन्दोलनले हिंसात्मक रुप लिंदा १९ जना भन्दा बढिको ज्यान गएको छ भने सयौ घाईते हुनेगरी भएको घटना प्रति राष्ट्रिय कृषक समूह महासंघ नेपाल गहिरो दुःख व्यक्त गर्दछ।

सबै नागरिकले निर्विवाद आफ्नो विचार व्यक्त गर्न पाउने नागरीकको संवैधानिक अधिकार हो । देशको बेथिति, बेरोजगारी र सुशासनको सवाल, सामाजिक न्याय, वातावरणीय सवाललाई लिएर देशका नागरीक खासगरी युवा पंक्तिले गरेको मागलाई समयमा नै सम्बोधन गर्नुको सट्टा सरकारले अधिक र अनावश्यक वलको प्रयोग गर्दा धनजनको अकल्पनीय क्षती हुन पुगेको छ । आन्दोलनमा भएको अनावश्यक वल प्रयोग, दमनको न्यायिक छानविनको लागि माग गर्दै युवा र विद्यार्थीले उठाएका सरोकारलाई सम्बोधनका लागि युवासंग सम्वाद गर्न तत्काल पहलकदमी लिन सरकारसँग माग गर्दछौ ।

स्थितिलाई थप विग्रन नदिन सरकारलाई संवेदनशील हुन आग्रह गर्दै मृतक परिवारलाई तत्काल क्षतिपूर्ति, घाईतेको निःशुल्क उपचार, मानसिक परामर्श एवं गिरफ्तार युवाको तत्काल रिहाईको माग गर्दछौ ।

साथै दिवंगत युवा, विद्यार्थी तथा वालवालिकाहरुको आत्मको चीरशान्तिको कामना, परिवारमा गहिरो समवेदना तथा घाईतेहरुको शीघ्र स्वास्थ लाभको कामना गर्दछौ ।

साथै विषम परिस्थितिमा धैर्यता सहित सार्वजनिक सम्पत्तिको क्षति हुन नदिन एवं सामाजिक सद्भाव कायम गर्न सबैमा अपिल गर्दछौं ।