श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल र इजरायली राजदूत बिच शिष्टाचार भेट


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले नेपालस्थित महामहिम इजरायली राजदूत Mr. Hanan Goder- Goldberger ले शिष्टाचार भेट गर्नुभएको छ।
भेटका अवसरमा द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका बारेमा महामहिम राजदूतले माननीय
मन्त्रीले जानकारी गराउनुका साथै जी टु जी प्रक्रियाबाट केयर गिभरका रुपमा नेपाली श्रमिकहरु
इजरायल गइरहेकोमा भविष्यमा निर्माण, पर्यटन, कृषि लगायतका अन्य विभिन्न क्षेत्रमा समेत नेपाली
श्रमिकहरु पठाउन द्विपक्षीय छलफल र समन्वयलाई प्रभावकारी बनाउदै लैजाने विषयमा समेत कुराकानी भएको थियो।
यसै क्रममा इजरायलमा कार्यरत रहँदा इजरायल गाजा क्षेत्रमा जारी द्वन्दको क्रममा मृत्यु भएका नेपाली श्रमिकहरुको परिवारलाई क्षतिपूर्ति बापत मासिकरुपमा भत्ता रकम उपलब्ध गराउने इजरायल
सरकारको निर्णय बारे महामहिम राजदूतले जानकारी गराउनु भएको र इजरायल सरकारको उक्त निर्णयप्रति मन्त्रीबाट सन्तोष व्यक्त गर्दै धन्यवाद समेत दिनु भएको थियो।
इजरायलबाट विभिन्न क्षेत्रमा प्राप्त मागहरुको आधारमा नेपाली श्रमिकहरुलाई पठाउने विद्यमान प्रकियालाई आगामी दिनहरुमा छिटो छरितो र सरलीकरण गर्दै लगिने कुरा समेत माननीय मन्त्री आर्यालले जानकारी दिए।