राष्ट्रिय सहकारी महासंघको सिईओ गुरागाईले प्रविधिमैत्री सहकारी बनाउन मापदण्ड समेत तयार गरी अघि बढेको


 राष्ट्रिय सहकारी महासंघको सिईओ गुरागाईले बैंकले १० वर्षे रणनीति बनाएको र प्रविधिमैत्री सहकारी बनाउन मापदण्ड समेत तयार गरी अघि बढेको बताए । 

राष्ट्रिय सहकारी महासंघको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनले त्यसको प्रयोगका लागि सदस्यहरुलाई समेत साक्षत्कार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । बैंकले प्रविधिमा गरेको लगानी अनुसार संस्थाहरुले प्रयोग गर्न नसकेको उनको भनाई छ ।

मोबाईल बैंकिङ र वालेटलाई मात्रै ध्यान दिनेभन्दा पनि कर्मचारीहरुलाई समेत दक्षबनाई नयाँ नयाँ वस्तु तथा सेवाको प्रयोगमा समेत लाग्नुपर्ने उनको जोड छ । बाफियामा चेक क्लियरिङ गर्ने व्यवस्था बैंक तथा वित्तीय संस्थालाई मात्रै दिएको र सहकारीहरुले चेक नभई भुक्तानी पुर्जामार्फत कारोबार गर्ने गरेका कारण चेक क्लियरिङमा जान नसकेको उनले प्रष्ट पारे।

क्लियरिङको पछि लाग्नेभन्दा पनि सहकारीहरु डीजिटाइज भएर सेवालाई विस्तार गर्न उनको सुझाव छ । पछिल्ला समय फण्ड ट्रान्सफरका विभिन्न माध्ययम रहेकाले त्यसको प्रयोग गर्दा प्रभावकारी हुने उनको बुझाई छ ।