सहकारीहरुले डिजिटल कारोबार गर्न नपाईने भन्ने छैन, नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधान


कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले सहकारीहरुले पनि डिजिटल कारोबार अगाडी बढाएको बताए । 

कानुनी रुपमा स्पष्टता नभएपनि सहकारीहरुले डिजिटल कारोबार गर्न नपाईने भन्ने छैन, उनले भने । कोर बैकिङ, मोबाईल बैकिङ जस्ता सेवा विभिन्न कम्पनीसँग सहकार्य गरी सहकारीले अगाडी बढाईरहेको उनले सुनाए । 

त्यस्तै आकाश डिजिटलका अध्यक्ष सुजनबाबु अधिकारीले सहकारीमा डीजिटाईजेशनको कुरा गर्दा वालेट र कोर बैकिङ मात्रै नभएको धारण राखे । कार्यालयमा हुने सम्पूर्ण कामलाई कागजरहित बनाउनु नै डीजिटाइजेशन भएको उनको भनाई छ । 

सदस्यहरुले घरमै बसेर सहकारीको सम्पूर्ण वित्तीय सेवा लिन सक्नु नै डीजिटाइज भएको उनको धारणा छ । डीजिटाईजेशनमा जाँदा सेवामा प्रभावकारीता र समयको बचत हुने हुँदा यसबाट सदस्यले बढी लाभ लिन सक्ने उनले बताए ।