माछापुच्छ्रे बैंकको लाभांश ८ प्रतिशत लाभांश दिने निर्णय


काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको ५३६ औं बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। संचालक समितिको निर्णयअनुसार ९२ करोड ९७ लाख रुपैयाँ लाभांश (कर सहित) वितरण गरिनेछ।

यसमध्ये बैंकले ४ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) दिने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात लगानीकर्तालाई वितरण गरिने जनाएका छन्।