काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्।
शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। शेर्पा ३४२ मत ल्याउँदा गुरुङ २८८ मत ल्याए।
सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेलले ३४५ मत ल्याएर विजयी भएका छन् ।
प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा विजयी भए ।
कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाकाे बराबरी मत आएको छ । उनीहरूबिच कार्यकाल आधाआधा गर्ने सहमति भएको छ ।
अध्यक्ष:
- फुर गेल्जे शेर्पा: ३४२ (विजयी)
- कुल बहादुर गुरुङ: २८८
वरिष्ठ उपाध्यक्ष:
- ईश्वरी पौडेल: ३४५ (विजयी)
- टिका गुरुङ: २५८
प्रथम उपाध्यक्ष
- काबोधजी शेर्पा: २५६
- मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)
द्वितीय उपाध्यक्ष:
- बोध राज भण्डारी: ३६८ (विजयी)
- धन बहादुर गुरुङ:२३८
महासचिव:
- राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)
- विमल नहर्की: २०९
- शिव सापकोटा: ६८
सचिव:
- चन्दन थापा: ३५८ (विजयी)
- ङिमा दिकी शेर्पा: २४४
कोषाध्यक्ष:
- ङिमा नुर्बु शेर्पा: ३०४
- सुमी लामा: ३०४
- (आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति )
सदस्य:
माधवकुमार धमला: २७८
केदार न्यौपाने: ३०२
थुप्देन शेर्पा: ३२६
गोकुल थापा: २८८
मुलाल गुरुङ: ३५१
देण्डी शेर्पा: ३११
विक्रम कार्की: ३०६
रिञ्जे शेर्पा: ३०१
देवेन्द्र डंगोल: २९५
दिकी शेर्पा: २८८
निशा भोटे: ३०७