काठमाडौं। आज केन्द्रीय दुग्ध सहकारी संघकाे केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित पत्रकार सम्मेलन सम्पन्न भयाे।
केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुंवरको अध्यक्षता र महासचिव राम आचार्यको सञ्चालनमा संघले दुग्ध उत्पादक किसानका हितका लागि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
आन्दोलनका मुख्य मागहरू:
दुग्ध किसानले उत्पादन गरेको दुधको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने।
-
दुध संकलन, प्रशोधन र वितरण प्रक्रियामा पारदर्शिता र उचित भुक्तानी सुनिश्चित गर्नुपर्ने।
-
किसानलाई समयमा भुक्तानी गर्न बाध्यकारी व्यवस्था गर्नुपर्ने।
-
दुग्ध सहकारी संस्थाहरूमाथि भइरहेको अत्याधिक कर र प्रशासनिक दबाब तत्काल हटाउनुपर्ने।
-
दुधजन्य पदार्थ आयात नियन्त्रण गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने।
-
दुग्ध सहकारी संघलाई सरकारसँगको वार्तामा औपचारिक प्रतिनिधित्वको अधिकार दिनुपर्ने।
आन्दोलन कार्यक्रम
-
पहिलो चरणमा चेतावनी स्वरूप धर्ना र विरोध प्रदर्शन।
-
माग सम्बोधन नभए क्रमशः देशव्यापी आन्दोलन र दुध आपूर्ति अवरोध गर्ने।
संघले सरकार, सम्बन्धित निकाय र सरोकारवालालाई तत्काल सकारात्मक संवादमा आउन आग्रह गर्दछ।
दुग्ध किसानहरूको श्रमको मूल्य र सम्मान सुनिश्चित नभएसम्म संघ आफ्नो आन्दोलन जारी राख्ने दृढ अडान व्यक्त गर्दछ