केन्द्रीय दुग्ध सहकारी संघ लि. आन्दोलन कार्यक्रमको घोषणा


काठमाडौं। आज केन्द्रीय दुग्ध सहकारी संघकाे केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित पत्रकार सम्मेलन सम्पन्न भयाे।

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुंवरको अध्यक्षता र महासचिव राम आचार्यको सञ्चालनमा संघले दुग्ध उत्पादक किसानका हितका लागि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।

आन्दोलनका मुख्य मागहरू:

दुग्ध किसानले उत्पादन गरेको दुधको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने

  1. दुध संकलन, प्रशोधन र वितरण प्रक्रियामा पारदर्शिता र उचित भुक्तानी सुनिश्चित गर्नुपर्ने

  2. किसानलाई समयमा भुक्तानी गर्न बाध्यकारी व्यवस्था गर्नुपर्ने।

  3. दुग्ध सहकारी संस्थाहरूमाथि भइरहेको अत्याधिक कर र प्रशासनिक दबाब तत्काल हटाउनुपर्ने

  4. दुधजन्य पदार्थ आयात नियन्त्रण गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने।

  5. दुग्ध सहकारी संघलाई सरकारसँगको वार्तामा औपचारिक प्रतिनिधित्वको अधिकार दिनुपर्ने।

आन्दोलन कार्यक्रम

  • पहिलो चरणमा चेतावनी स्वरूप धर्ना र विरोध प्रदर्शन

  • माग सम्बोधन नभए क्रमशः देशव्यापी आन्दोलन र दुध आपूर्ति अवरोध गर्ने।

संघले सरकार, सम्बन्धित निकाय र सरोकारवालालाई तत्काल सकारात्मक संवादमा आउन आग्रह गर्दछ।


दुग्ध किसानहरूको श्रमको मूल्य र सम्मान सुनिश्चित नभएसम्म संघ आफ्नो आन्दोलन जारी राख्ने दृढ अडान व्यक्त गर्दछ