काठमाडौं। नेपाली बजारमा आज सुन चाँदीको भाउ १२ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा १२ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।