आज घट्यो सुनको भाउ, कति पुग्यो हाेला ताेलाकाे??


काठमाडौं। नेपाली बजारमा आज सुन चाँदीको भाउ १२ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा १२ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।