
काठमाडौं । कुमारी बैंकले ५ लाख २५ हजार संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक शेयरधनी रुबिका अग्रवालको नाममा रहेको ७५ हजार १८ र बलराम न्यौपानेको नाममा रहेको ४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागिएको जनाएको छ
बिहीबार जारी सूचनामा सेयरको न्यूनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन । लिलामीमार्फत सेयर खरिद गर्न चाहने लगानीकर्ता र बिक्रेताले तोकेबमोजिम मूल्य निर्धारण हुनेछ ।
उक्त सेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरूले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौं वा बैंकको सेयर रजिष्ट्रार नक्साल, काठमाडौंमा आइपुग्ने गरी निवेदन पेस गर्न बैंकले अनुरोध गरेको छ ।
उक्त समय अवधिमा सेयर खरिद गर्न निवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ ।