काठमाडौँ — नेप्सेमा मंगलबार ७०.३१ अंकले घटेर २ हजार ७ विन्दुमा ओर्लेको छ ।
अघिल्लो दिन १ सय १७ अंकले बढेको बजार मंगलबारसम्म पनि टिकेन । जसका कारण मंगलबार सेयर बजारमा भारी गिरावट भएको छ ।
मंगलबार कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय १३ वटा कम्पनीको घट्यो भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहयो । सो दिन ६९ हजार २ सय ८ वटा कारोबारबाट १ करोड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता सेयर किनबेच भए ।
ती किनबेचबाट ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।