महालक्ष्मी विकास बैंक चाबहिलमा


इकोनोमिक खबर, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौँको चाबहिलमा नयाँ शाखासञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिल शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

चाबहिल शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालकद्वय राजेश कुमार रौनियार तथा रुपेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको अतिथिहरुमा विभिन्न कार्यालयका प्रमुख, व्यवसायी तथा अन्य स्थानीयवासीको सहभागिता रहेको थियो ।