Feb 25, 2025

२१.२५ प्रतिशत बोनस दिने कुमारी बैंकको घोषणा


economickhabar, ktm,

कुमारी बैंकको आज सम्पन्न १७औँ तथा १८औँ वार्षिक साधारणसभाले शेयरधनीलाई दुई वर्षको गरी २१.२५ प्रतिशत बोनस दिने समितिको प्रस्तावलाई पारित गरेको हो ।

सभाले शेयरधनीहरुलाई आ.ब. २०७३।०७४ को लागि १२.७५ प्रतिशत बोनस र आ.ब. २०७४र७५ को लागि ८.५० प्रतिशत गरी २१.२५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । २१.२५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी रु ८ अर्ब ६८ करोड पुग्नेछ ।

आ.ब. ०७५।०७६ को चैत मषान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रु ७३ अर्ब २४ करोड प्रवाह गरेको छ । सो अवधिमा बैंकले रु १ अर्ब ४२ करोड तथा खुद मुनाफा १ अर्ब रुपैयाँ आर्जन गरेको छ ।

यस कुमारी बैंकको ८८ शाखा विस्तार, ८३ एटिएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क सेवामार्फत बैंकिङ् सुविधा प्रदान गर्दै आएको छ ।