हुरी बतास पिडित एनआईसी एसियाको सहयोग


इकोनामिक खबर,

काठमाडौं। एनआईसी एसियाले तराईको बारा तथा पर्सा जिल्ला लगायतका क्षेत्रहरुमा विध्वंसकारी हुरीबतासका पिडितलाई अत्यावश्यक राहत सामग्री प्रदान गरेको छ।

बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडित जनसमुदायका लागि अत्यावश्यक राहत सामग्री सहयोग स्वरुप तीन सय थान झुल, १५० थान म्याट्रेस लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्री प्रदान गरेको हो।
राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक सञ्चालक समितीका सदस्य विनोद कुमार प्याकुरेलले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभयो।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा सञ्चालक प्याकुरेलले जनधनको धेरै क्षति पुगेका बारा जिल्ला फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका सर्वसाधारण यतिबेला राहतको आशामा बसेका आफुले पाएको उल्लेख गर्दै एन आई सी एशिया बैंकले गरेको यो सानो सहयोगले उक्त क्षेत्रका पीडित जनताका लागि तत्काल केही राहत पुग्ने विश्वास बैंकले लिएको जानकारी गराउनु भयो।