ईकोनोमिक खबर, काठमाडौं।
साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ बढेको छ। साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेकोमा त्यो क्रम सोमबार समेत निरन्तरता पाएको छ।
सोमबार छापावाल सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आईतबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार तेजावी सुन प्रतितोला ७० हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ। आईतबार तेजावी सुन प्रतितोला ७० हजार सात सयमा कारोबार भैरहेको थियो।
आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।