यस आर्थिक वर्षको दुई दिन कारोवार मापक नेप्से उतारचढावपूर्ण


ईकोनोमिक खबर, काठमाडौं।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस आ.ब.को दुई दिन कारोवार मापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो । धितोपत्र बजारमा यस साता करीब रु २ अर्ब बराबरको कूल ८५ लाख ९९ हजार १७ कित्ता शेयर कारोवार भयो।

यस साताको पहिलो दिन अर्थात् आइतबार झिनो अङ्कले सुधार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर १२४९.४९ बिन्दुमा पुग्यो।

नेप्सेमा सामान्य अङ्कले बढोत्तरी हुदा औषत मात्रैको कोरोवार रह्यो।