सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको दुई दशकभन्दा लामो इतिहासमा महिला नेतृत्व, उद्यमशीलता तथा आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको यो पहिलो विश्वस्तरीय सम्मेलन हो। सम्मेलनमा विश्वका विभिन्न १० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा स्वदेशका विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखिएको छ।
सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संघकी महिला उपाध्यक्ष राधिका गुरुङ (टिका)ले सम्मेलनको मुख्य उद्देश्य विदेशमा रहेका नेपाली महिलाको अनुभव, ज्ञान, सीप तथा उद्यमशीलतालाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्नु रहेको बताइन । साथै उनले महिला सशक्तीकरणका क्षेत्रमा विद्यमान नीतिगत, कानुनी तथा व्यावहारिक चुनौती पहिचान गरी समाधानका लागि आवश्यक पहल र कार्यदिशा तय गरिने पनि बताइन ।
यस्तै एनआरएनए आइसीसी उपाध्यक्ष रोजिना प्रधान राइले विश्वभर रहेका महिलाहरुको इश्यु उठाउन, नेतृत्वका लागि अघि बढाउन तथा विश्वका विभिन्न मुलुकमा छसरिएर रहदा प्राप्त ज्ञान, सीप र पूजीलाई स्वदेशको समृद्धिमा जोडन सम्मेन फलदायी हुने अपेक्षा राखेको बताइन ।
पत्रकार सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले सवै वर्ग, सवै उमेर र विश्वभर छरिएर रहेका नेपालीलाई समेटने लक्ष्यका साथ पहिलो पटक महिला विश्वसम्मेलन हुन लागेकाले सबैलाई सहभागिताका लागि आब्हान गरे । उनले महिलासम्मेलनसँगै दोश्रो पुस्तालाई पनि स्वदेशसँग जोडन यस्तै कार्यक्रम आयोजना गरिएको समेत जानकारी दिए ।