काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम रोकिएको छैन । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १२ हजार दुई सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४५ हजार चार सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य साढे ५ प्रतिशत (प्रति औंस २०० डलरभन्दी धेरै) ले ओरालो लागेको छ । अघिल्लो वर्ष सुन तोलाको तीन लाख ३९ हजार रुपैयाँ पुगको थियो । त्यसयता झन्डै एक लाखले मूल्य घटेको छ ।