काठमाडौं। सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस सेयरको करसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांशमध्ये बोनस सेयरमा ३७ करोड ३० लाख रुपैयाँ र नगद लाभांशमा १८ करोड ६५ लाख रुपैयाँ बराबरको रकम छुट्याइएको छ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी १५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।