मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित


काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सभाले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्त सँग मर्ज हुने विशेष प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. ०८१÷०८२ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

होटल उग्रचण्डी, बनेपामा भएको सभाले २ जना सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गरेको थियो। काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् ।

१० करोड ९३ लाख ७५ हजार चुक्तापूँजी रहेको संस्थाको जगेडा कोषमा ४ करोड ५३ लाख ४३ हजार ९ सय ५० छ ।